Categories: कृषि

कृषिमा लाग्ने युवाहरूलाई ७०% अनुदान दिइने

नेपाल सरकारले कृषिमा लाग्ने युवाहरूलाई ७०% अनुदान दिने भएको छ।

सरकारले कृषिमा युवाहरूलाई आकर्षित गर्न धेरै अघि देखि विभिन्न कार्यक्रम बनाउँदै आएको छ। यस पटक सरकारले व्यवसायिक योजना र प्रतिफलका आधारमा ७० प्रतिशतसम्मको अनुदान दिने व्यवस्था ल्याएको छ।

कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा यस व्यवस्थाको घोषणा गरेका हुन्।

मन्त्री खनालका अनुसार एकल वा सामुहिक रुपमा व्यवसायिक कृषि गर्ने युवाहरू यो व्यवस्थाबाट लाभान्वित हुन सक्ने छन्। उनले विदेशबाट सिप र पुँजी लिएर आएका युवालाई लक्षित गरि विशेष कार्यक्रम पनि ल्याउने घोषणा गरेका छन्।

कार्ययोजना अनुसार आगामी ३ वर्षमा आलु, प्याज, खुर्सानी लगायत हरियो तरकारीको उत्पादन बढाएर आत्मनिर्भर बन्ने कुरा उल्लेख गरिएको छ। उत्पादक सहकारीलाई प्रवर्धन गर्ने कालीमाटी लगायत ठुला कृषि बजारहरूमा कम्तिमा २५% स्टल उत्पादन सहकारीहरूलाई दिने बताइएको छ।

मंत्री खनालका अनुसार यस अघिका सरकारहरूले पनि राम्रा योजनाहरू अघि ल्याउने गरेको तर कार्यान्वयनमा चुकेकोले यस ती राम्रा र महत्वाकांछी योजनाहरूलाई पनि समेटेर कार्ययोजना बनाइएको छ। यस कार्ययोजनाको कार्यन्वयन

सम्पादन गरिएको: May 8, 2018, 8:01 am

सेयर गर्नुहोस्
संवाददाता:
नयाँ प्रहर संवाददाता

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am