सार्वजनिक भयो सन्ध्या जोशीको नयाँ गित ‘मिर्मिरे’


नेपाल आइडलबाट चर्चामा आएकी गायिका सन्ध्या जोशीको नयाँ गित ‘मिर्मिरे’ सार्वजनिक भएको छ।सन्ध्याको आफ्नो आधिकारिक युट्युव च्यानलबाट शुक्रबार उनको गित सार्वजनिक भएको हो।

‘मिर्मिरे’ उनको तेस्रो गीत हो। यस अघि सन्ध्याले २ ओटा गीतहरु दर्शक तथा स्रोताहरु माझ प्रस्तुत गरिसकेकी छिन्। उनका अघिल्ला गीतहरुलाई दर्शक तथा स्रोताहरुले निक्कै मन पराएका थिए।

‘मिर्मिरे’को म्युजिक भिडियोमा सन्ध्या आफैले अभिनय गरेकी छिन्। उनि प्राय आफ्नो गीतमा आफैं अभिनय गर्ने गर्छिन्। आफ्ना दर्शक तथा शुभचिन्तकहरूको अनुरोधमा नै आफुले अभिनय गरेको उनी बताउछिन्।

सन्ध्याको यस गीतमा प्रसन्न घिमिरेले शब्द दिएका छन् भने मनोज थापाले संगीत भरेका छन्। पोखराका विभिन्न ठाउहरुमा खिचिएको म्युजिक भिडियो निक्कै सुन्दर बनेको छ।

हेर्नुहोस् ‘मिर्मिरे’को म्युजिक भिडीयो:

Loading...