डण्डीबियो खेलको बारेमा बन्यो नेपाली चलचित्र, यस्तो छ ट्रेलर (भिडियो)


डण्डीबियो खेल नेपालको राष्ट्रीय खेल हो भनेर सानो छँदा पढ्दै गर्दा धेरैलाई पक्कै आश्चर्य लाग्थ्यो। कस्तो चै खेललाई राष्ट्रीय खेल बनाको होला नेपाल सरकारले भन्ने सोच पक्कै तपाइँमा पनि आएकै थियो होला।

यस्तै यस्तै कथामा बनेको छ छेतन गुरुङबाट निर्देशित नेपाली चलचित्र ‘डमरुको डण्डीबियो‘!

खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धी तामाङ् लगायत नेपाली दर्शकहरुले औधी रुचाएका कलाकारहरुबाट अभिनित यस चलचित्रको लेखन पनि खगेन्द्र लामिछानेले नै गरेका हुन्।

सम्वृद्धी इण्टरटेन्मेण्टको ब्यानरमा बनेको यस चलचित्रको ट्रेलर हालै रिलिज भएको छ। रिलिज हुने बितिक्कै यस चलचित्रले सामाजिक संजालमा निक्कै प्रशंशा पनि पाइरहेको छ। यो चलचित्र बैशाख २१ गतेदेखि प्रदर्शनमा आउनेछ।

यस्तो छ डमरुको डण्डीबियोको आधिकारिक ट्रेलर:

Loading...