अभिनेता सलमान खान दुर्लभ कृष्णसारको अवैध शिकारमा दोषी प्रमाणित


चर्चित भारतीय अभिनेता सलमान खान दुर्लभ कृष्णसारको अवैध शिकार संबन्धी मुद्दामा दोषी प्रमाणित भएका छन्। भारतको जोधपुर अदालतले आज सलमान खानलाई उता मुद्दामा दोषी भएको फैसला सुनाएको छ।

उनलाई कति सजाय दीने भन्ने कुरामा भने फैसला भैसकेको छैन। सजाय छिट्टै तोकिने भारतीय मिडियाहरु बताउँछन्।

सलमान खानलाई १९९८ अक्टोबर १ र २ तारिखमा जोधपुर नजिकैको कलङ्की गाउँमा २ ओटा कृष्णसार मारेको आरोप थियो। चलचित्र ‘हम साथ साथ है’ को सुटिङ्गको लागि जोधपुर पुगेको बेलामा उक्त घटना घटेको थियो।

यसै मुद्दाका अन्य आरोपी कलाकारहरु भने निर्दोष प्रमाणित भएका छन्।

अदालतको यो निर्णय पछी सलमानका फ्यानहरु निराश भएका छन्।

Loading...