सलमान खानले पाए ५ वर्ष कैद सजायँ, यस्तो आयो सहकर्मीहरुको प्रतिक्रिया


१९९८मा दुर्लभ कृष्णसार मारेको मुद्दामा भारतका चर्चित बलिवुड नायक सलमान खानलाई भारतको एक अदालतले ५ वर्षको कैद सजाय सुनाएको छ। उनीसँगै यस मुद्दा खेपीरहेका अन्य आरोपीहरू भने निर्दोष ठहर भएका छन्।

उनि माथी १९९८ अक्टोबर १ र २ तारिखमा जोधपुर नजिकैको कलङ्की गाउँमा २ ओटा कृष्णसार मारेको आरोप थियो। चलचित्र ‘हम साथ साथ है’ को सुटिङ्गको लागि जोधपुर पुगेको बेलामा उक्त घटना घटेको थियो।

अदालतको यो निर्णय पछी सलमान खानका फ्यान तथा बलिवुड सहकर्मीहरु निराश भएका छन्।

चलचित्र निर्माता सुभास घाइले भने आफुलाई भारतीय न्यायव्यवस्थामाथी विस्वास भएको र सलमानले यो निर्णयको विषयमा पुनरावेदन गर्न सक्ने बताएका छन्।

सलमानका सहकर्मी अर्जुन रामपालले यस निर्णयबाट आफु दुखी भएको र सलमानले उन्मुक्ती पाउने आशा राखेको बताएका छन्।

कबिर बेदीले सलमान खानलाई आफ्नो साथ र सहयोग रहेको र उनलाई दिइएको सजायँ धेरै नै भएको बताएका छन्। यो सजायँको बारेमा अपिल गर्नु पर्ने उनको भनाई छ।

सलमान खानलाई दिइएको सजाय उनको अपराधको तुलनामा बढी भएको चर्चित लेखिका तस्लीमा नसरीनले बताएकी छिन्। उनको अनुसार सलमानलाई ५ करोडको जरिवाना लगाई छाडिनु पर्छ।

Loading...