नयाँ वर्षको उपलक्ष्यमा लिभिङ् सिटी भाग १: इटुम्बहाल फेस्टिवल गरिंदै


किलागल टोल सुधार समिति तथा रेट्रो मेडिया प्रा.लि.ले यही बैशाख १ गते ईटुंबहाल, किलागलमा लिभिङ् सिटी भाग १: इटुम्बहाल फेस्टिवल आयोजना गर्ने भएको छ।

नयाँ वर्षको उपलक्ष्यमा हुने यस साँस्कृतिक तथा साङ्गितिक कार्यक्रमको मुख्य उद्देश्य नेवार संस्कृतिको सौन्दर्य, जीवनशैली र महत्त्व झल्किने यो कार्यक्रममा यहाँको सम्पदा ( मठमन्दिर तथा विहारहरु)को महत्व र यसलाइ किन हामीले उजागर गर्नुपर्छ भन्ने कुरा बुझाउनु रहेको छ।

यस कार्यक्रममा विभिन्न साङ्गितिक समूह तथा नृत्य समुहहरुद्वारा साङ्गितिक प्रस्तुती, नृत्य प्रदर्सन तथा वाद्यवादनको प्रस्तुती रहनेछ। यसका साथै नेवारी कला,संस्कृती,सङ्गीत,नाच,तथा खाना परिकारहरुको बृहत् प्रदर्शनी हुनेछ।

भुकम्पबाट क्षतिग्रस्त कलात्मक काष्ठकला सहितको झ्यालहरुको प्रदर्शनी गरिनुका साथै भुकम्पका समय अपनाउन सकिने सुरक्षात्मक अभ्यासका बारेमा कार्याशाला पनि संचालन गरिनेछ।

उक्त कार्यक्रममा विभिन्न प्रकारका कलात्मक पेन्टिङ, फोटो तथा भिडियो प्रदर्शनी हुने र विभिन्न घरेलु उत्पादनहरुको प्रदर्शनी हुने कुरा अभिषेक कर्माचारीले जनाएका छन्।

 

Loading...