पुरानै विधिमा लाभकर गणना गर्न अर्थ मन्त्रालय तयार भएपछी सेयरको कारोबार हुन सुचारु भएको छ।
आन्दोलित लगानीकर्ताको माग पुरा गर्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व कार्यालयलाई पुरानै विधिबाट लाभकर गणना गर्न निर्देशन दिएको छ। असार मसान्तसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने र तत्पश्चात सो गठित समितिको सुझाव बमोजिम अघि बढ्न अर्थ मन्त्रालय तयार भएको हो।
सरकार र लगानीकर्ता बिच आज भएको वार्तामा यस्तो सहमती भएको भएको हो। इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकारले माग पुरा गरेकोले कारोबार सुचारु गरेको बताएका छन्।
सरकार र लगानीकर्ता बीच भएको वार्तामा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा एक समिति गठन गर्ने र सो समितिले लाभकरको विषयमा दिएको सुझावको आधारमा अघि बढ्ने सहमती भएको छ।
सहमती लगत्तै दिउसो १:०९ देखि सेयर कारोबार खुलेको छ।