अब एडिएसएलमा ७०० रुपैयाँमा ५ एमबीपिएस अनलिमिटेड इन्टरनेट सेवा


नेपाल टेलिकमले आफ्नो एडिएसएल सेवाको मूल्य घटाएको छ। अब एडिएसएल प्रयोगकर्ताले मासिक रु. ७०० तिरेर ५ एमबीपिएसको अनलिमिटेड इन्टरनेट सुविधा उपभोग गर्न सक्ने छन्।

यसका साथै नेपाल टेलिकमले ३ महिनाको शुल्क एकै पटक तिर्दा रु. ३७५० र १ वर्षको सब्स्क्रिप्सनमा रु. ७००० मात्र लाग्ने व्यवस्था बनाएको छ।

यस अघि मासिक रु. १०००मा १ एमबीपिएस अनलिमिटेड इन्टरनेट सेवा दिंदै आएको थियो। उक्त मूल्य हाल निजि इन्टरनेट सेवा प्रदायकहरुले उपलब्ध गराउंदै आएको इन्टरनेट सेवा भन्दा निक्कै महँगो पर्ने भए पछी आलोचित हुने गरेको थियो।

एडिएसएल सेवाको मूल्य तथा इन्टरनेट ब्याण्डविथमा ल्याएको यो परिवर्तन पछी आफ्ना ग्राहकहरूलाई कायम राख्न सक्ने विश्वास नेपाल टेलिकमले राखेको छ।

Loading...