सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुको बैंक खाता रोक्का


सिन्डिकेट हटाउने निर्णयको विरुद्ध आदोलनमा उत्रिएका यातायात व्यवसायीहरुको बैंक खाता राष्ट्र राष्ट्र बैंकले रोक्का गरेको छ।

सिन्डिकेट पक्षधर व्यवसायीहरुको बैंक खाता रोक्का गर्ने गृह मन्त्रालयको निर्णय बमोजिम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो। अर्थ मन्त्रालयको निर्देशन आएसँगै आज राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई ती व्यवसायीहरुको खाता रोक्का गर्न निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकको निर्देशन पश्चात करिब २ सय ४५ वटा यातायात व्यवसायी समितिका बै‌ंक खाता रोक्का हुने भएको छ। तिनीहरु मध्ये प्रदेश १ मा ३५, २ मा १०, ३ मा ११८, ४ मा २४, ५ मा ४०, ६ मा १२ र ७ मा ९ वटा यातायात व्यवसायी समितिका बैंक खाता रहेका छन्।

Loading...