अन्तत: यातायात क्षेत्रको तोडियो सिन्डिकेट, भयो औपचारिक सहमती


यातायात मन्त्रालय र यातायात व्यवसायीहरू बीच आइतबार मध्यरातमा भएको बैठकमा व्यवसायीहरूले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने कुरामा सहमती जनाएका छन्। यो सँगै यातायात समिति मार्फत हुँदै आएको सिन्डिकेट विधिवत रुपमा अन्त्य भएको छ।

यातायात व्यवसायीहरूले सिन्डिकेट हटाउने कुरामा सहमती जनाउनुको साथै आफ्ना संपुर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्। उनीहरुले यातायात क्षेत्रलाई व्यवस्थित गर्ने सरकारको कदममा साथ दिने प्रतिबद्धता पनि जनाएका छन्।

यातायात मन्त्री रघुबीर महासेठले सिन्डिकेट अन्त्य गरेसँगै यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल समेत गठन गर्ने सहमति भएको बताएका छन्।

सहमती अनुसार एउटा मात्र गाडी हुने व्यवसायीले पनि प्रचलित कानुन अनुसार व्यवसाय संचालन गर्न सक्ने छन्।

 

Loading...