अलिबाबाले किन्यो दराज इन्टरनेसनल, अब नेपालमा पनि अलिबाबाको कारोबार


चिनियाँ बहुराष्ट्रीय इ-कमर्स कम्पनी अलिबाबाले दराजको पुरा कारोबार किनेको कुरा रकेट इन्टरनेटले जनाएको छ।

रकेट इन्टरनेटले २०१२मा स्थापना गरेको इकमर्स प्लाटफ़र्म दराजले अहिले पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका र म्यानमारमा कारोबार गरिरहेको छ। नेपालमा सुरुमा केमुको नाममा भित्रिएको दराजले छोटो समयमा नै निक्कै राम्रो कारोबार गरिरहेको छ।

अलिबाबाले दराज किनेपछी अब पाकिस्तान, बंगलादेश, नेपाल, लगायत दक्षिण एसियाली देशहरूमा अलिबाबाको कारोबार बिस्तार हुने भएको छ।

अलिबाबाले दक्षिण एसियामा आफ्नो लगानी बिस्तार गरेको यो दोस्रो पटक हो। यस अघि २०१५मा अलिबाबाले आफ्नो अफ़िलियट एन्ट फाइनान्सियल मार्फत भारतको पेटिएम कम्पनीको २५% सेयर किनेको थियो।

विश्वको सबै भन्दा सफल कम्पनी अलिबाबाको प्रवेशले यी देशहरुमा इकमर्सको क्षेत्रमा अलिबाबाको दबदबा हुने निश्चितप्राय छ। आम उपभोक्ताको लागि यसले थप सहजता ल्याउने छ भने नेपालका अन्य इकमर्स कम्पनीहरुलाई भने ठुलो व्यवसायिक चुनौती बन्नेछ।

Loading...