यी हुन् हाल सर्वाधिक नाफामा रहेका सार्वजनिक संस्थानहरु


नेपाल सरकारबाट हालै सार्वजनिक गरिएको आव २०७३/७४को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार २६ ओटा सार्वजनिक संस्थानहरु हाल नाफामा रहेका थिए।

सर्वेक्षण अनुसार सबैभन्दा बढी नाफा कमाउने पाँच संस्थानमा नेपाल दुरसञ्चार कम्पनी, नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन्।

सबै भन्दा बढी नाफा कमाउने मध्यमा पहिलो भएको संस्थान नेपाल टेलिकम हो। टेलिकमले १५ अर्ब ३७ करोड नाफा कमाएको छ। यो नाफा संस्थानहरुको जम्मा खुद नाफाको ३६% हुन आउँछ।

यस अघि सधै घाटामा रहने गरेको आयल निगम गत: आर्थिक वर्षमा दोस्रो सबै भन्दा धेरै नाफामा रहेको संस्थान बनेको छ। आयल निगमले कुल १० अर्ब ४१ करोड खुद नाफा कमाएको सर्वेक्षणले जनाएको छ। आयल निगम नाफामा जान सक्नुको कारण स्वचालित मूल्य निर्धारण प्रणालीको अवलम्बन नै हो।

गत आर्थिक वर्षमा तेस्रो, चौथो र पाचौं सबै भन्दा बढी नाफामा रहेका संस्थानहरु क्रमश: नेपाल बैक लिमिटेड, राष्ट्रीय वाणिज्य बैंक र कृषि विकास बैंक हुन्। नेपाल बैंक लिमिटेडले ३ अर्ब ११ करोड खुद नाफा कमाएको छ भने राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ७७ करोड खुद नाफा कमाउन सफल भएको छ। यस्तै कृषि विकास बैंकले २ अर्ब ५६ करोड कमाएको छ।

सर्वेक्षणले देखाए अनुसार यी ५ संस्थानको जम्मा सञ्चालन आय समग्र संस्थानको कुल सञ्चालन आयको ६९.४ प्रतिशत रहेको छ। यसको अर्थ हुन्छ बाँकी २१ संस्थानहरू तुलनात्मक रुपमा भने निक्कै कम नाफामा छन्।

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकले गत: वर्ष निक्कै राम्रो नाफा कमाए अनि विगतमा घाटामा रहेको कारण सञ्चित नोक्सानीमा रहेको देखिएको छ।

Loading...