Categories: अर्थ/व्यापार

पुरानै विधिबाट लाभकर गणना हुने भएपछी सेयर कारोबार भयो सुचारु

पुरानै विधिमा लाभकर गणना गर्न अर्थ मन्त्रालय तयार भएपछी सेयरको कारोबार हुन सुचारु भएको छ।

आन्दोलित लगानीकर्ताको माग पुरा गर्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व कार्यालयलाई पुरानै विधिबाट लाभकर गणना गर्न निर्देशन दिएको छ। असार मसान्तसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने र तत्पश्चात सो गठित समितिको सुझाव बमोजिम अघि बढ्न अर्थ मन्त्रालय तयार भएको हो।

सरकार र लगानीकर्ता बिच आज भएको वार्तामा यस्तो सहमती भएको भएको हो। इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकारले माग पुरा गरेकोले कारोबार सुचारु गरेको बताएका छन्।

सरकार र लगानीकर्ता बीच भएको वार्तामा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा एक समिति गठन गर्ने र सो समितिले लाभकरको विषयमा दिएको सुझावको आधारमा अघि बढ्ने सहमती भएको छ।

सहमती लगत्तै दिउसो १:०९ देखि सेयर कारोबार खुलेको छ।

सम्पादन गरिएको: June 6, 2018, 8:21 pm

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am