Categories: अर्थ/व्यापार

बिमा समिति अध्यक्षको पद योग्यता विवादमाः रिटलाई सर्वोच्चले अग्राधिकार दियो

बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँ योग्यता विवादमा तानिएका छन्। उनको योग्यताको विषयमा सर्वोच्च अदालतमा परेको रिटलाई सर्वोच्चले अग्राधिकार दिएको छ।

सरकारले २०७३ पुस १४ गते बिमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाईँलाई नियुक्त गरेको थियो। नियुक्ति भएको १५ महिनापछि अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले अध्यक्षको न्यूनतम योग्यता नपुगेको भन्दै जेठ १४ गते रिट दायर गरेका थिए।

अधिवक्ता न्यौपानेले तत्काल काम कारबाही नगर्न/नगराउन अन्तरिम आदेशको माग गरेका थिए। सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश जारी नगरे पनि सार्वजनिक सरोकारको विषय मानेर अग्राधिकार दिएको छ।

बिमा ऐन २०४९ को दफा ६(१) अनुसार बिमा व्यवसायमा विशेष ज्ञान भएको कुनै पनि व्यक्तिलाई अध्यक्षमा नियुक्त गर्ने सक्ने व्यवस्था रहेको छ। तर, अधिवक्ता न्यौपानेले चापागाईँको न्यूनतम योग्यता नै नभएको दाबी गरेका छन्।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले लिखित जवाफ पेस भएको १५ दिनभित्र मुद्दाको पेस तोक्न समय तोकेको छ। विपक्षीबाट लिखित जवाफ समेत नपरेको अवस्थामा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने संयुक्त इजलासको आदेशमा उल्लेख छ।

सम्पादन गरिएको: June 8, 2018, 1:19 pm

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am