बैदेशिक रोजगारका लागि जाने नेपालीयुवाहरुको संख्यामा हजारौ गुणाले वृद्धि


स्वदेशमा रोजगारको अवसर नपाएपछि विदेशिने युवाहरुको संख्यामा हजारौ गुणाको हिसाबमा वृद्धि भैरहेको पाईएको छ l यसरि लाखौको संख्यामा विदेशी रहेका युवाहरुलाई शोदेशमै राख्नको लागि सरकारी तथा गैर सरकारी स्तर बाट रोजगारको अवसर प्रदान गर्नु पर्ने देखिन्छ l

केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०५०/५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै तीन हजार ६०५ थियो । यो संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७४ सम्म आइपुग्दा उल्लेख्य परिवर्तन भएको छ । वैदेशिक रोजगारीमा जाने लागत सोे प्रावधान लागू भएपछि केही घटेतापनि अझै उच्च रहेको छ । एकतिहाई भन्दा बढी कामदार ५० हजार भन्दा बढी खर्च गरी वैदेशिक रोजगारीमा जाने गरेका छन् । केवल १५ प्रतिशत मात्र १० हजारसम्मको कुल खर्चमा वैदेशिक रोजगारीमा जान सकेका छन् ।

आर्थिक वर्ष २०५०/५१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन हजार ६०५ रहेकामा सो संख्या चालु आवमा आइपुग्दा यस वर्ष मात्रै तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । करिब ४५ लाख नेपाली यतिखेर वैदेशिक रोजगारीमा रहेको पाइएको छ । वैदेशिक रोजगारीमा गएका मध्ये आव २०५०/५१ मा ९१.८ प्रतिशत अर्थात तीन हजार ३०८ जना निःशुल्क प्रवेशाज्ञा तथा टिकट लागू भएका देश गएका थिए । यस्तो संख्या आव २०७४ मा ९४.९ प्रतिशत अर्थात् तीन लाख ७९ हजार रहेको छ ।

 

Loading...