प्रदेश २ मा लगभग ३० करोड बजेट विनियोजन को तयारी


प्रदेश ५ मा कृषिमा आयकर लागू हुने भएको छ। खेती किसानी गरेर किसानले कमाए वापतकाे करका दर भने तोक्न बाँकी नै छ। सरकारले प्रदेश सभामा पेश गरेको प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयकमा कृषि आयमा कर लगाउने भनिएको छ।
अर्थ विधेयकको रुपमा पेश भएको यो विधेयकको बुँदा नम्बर १३  को २ मा भनिएको छ, ‘यो कर स्वयं कर निर्धारण प्रणालीमा आधारित हुनेछ।’ जसअनुसार किसानले नाफा कमाएमा आफैँ सरकारलाई कर बुझाउन सक्नेछन्। आगामी आर्थिक वर्ष २०७५/०७६ बाट लागू हुने गरी प्रदेश सभाले पास गरेपछि यो कानुन प्रदेश सरकारले कार्यान्वयनमा ल्याउने छ।
मन्त्रालयहरूले न्यूनतम ५ लाख नाफा गर्ने, २०/ ५० लाख नाफा गर्ने किसानका लागि छुट्टा-छुट्टै व्यवस्था गर्ने गरी छलफल अघि बढाएका छन्। कृषिमा आयकर लगाउने प्रस्ताव सहितको प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक प्रदेश सभामा पेश भएर छलफलका क्रममा छ।
कृषिमा लगानी बढेर ठूलाठूला कृषि उद्योगहरू खुल्ने र किसानको आय एक्कासी बढ्ने भयो भने कर लगाउन सकिने व्यवस्था गर्नका लागि प्रावधान उल्लेख गरेर कानुनको मस्यौदा तयार भएको हो’ उनले भने। कृषि मन्त्रालय पनि किसानलाई आय कर लगाउने पक्षमा छैन। मन्त्रालयका सचिव यामनारायण देवकोटा भन्छन्,‘अहिले नै कृषिमा आयकर नलगाउने नै भन्ने आर्थिक मामिला र हाम्रो छलफल भएको हो। अहिले नै कृषिमा आयकर लाग्दैन। पछि कृषि क्षेत्र पनि राम्रो हुँदै गयो भने लगाउन सकिन्छ।

 

Loading...