समर्थ नेपालले सम्पन्न गर्यो वित्तिय समर्थता अभियानको पहिलो कार्यशाला


समर्थ नेपालले तिलंगाटार माध्यामिक विद्यालय, धापासीमा ‘वित्तिय समर्थता’ अभियानको पहिलो कार्यशाला सम्पन्न गरेको छ।

उक्त विद्यालयका कक्षा ८का १६५ विद्यार्थीहरू सहभागी बनेका थिए। कार्यशालामा विद्यार्थीहरुलाई आम्दानीका विभिन्न श्रोतहरु, बचतको महत्व, विभिन्न बाल बचत खाताहरु, पैसा कसरी बढाउने, मुल्यावृद्दी, बजेटिङ्ग कसरी गर्ने, आदि वित्तिय विषयहरुमा जानकारी दिइएको थियो।

विद्यार्थीहरुले समुहगत रुपमा आफुले पाएको विषयमा सहजकर्ता तथा इन्टरनेटको प्रयोग गरी अनुसन्धान गर्दै प्रिजेन्टेसन बनाएका थिए। तिनै प्रिजेन्टेसनलाई पछी प्रदर्शनी गरेर सबैलाई बुझाएका थिए।

‘हामीले फाइनान्सियल (वित्तिय) विषयमा धेरै कुरा सिक्यौं। साथै कसरी प्रिजेन्टेसन गर्ने भन्ने कुरा पनि सिक्नु पायौं। निक्कै रमाइलो भयो।’ सहभागी एक विद्यार्थीले बताए। विद्यार्थीहरुको उत्साह देखेर हामी पनि उत्साही बन्यौं सहजकर्ता दिपाल मल्लले आफ्नो अनुभव सुनाए।

समर्थ नेपालले सम्पन्न गर्यो वित्तिय समर्थता अभियानको पहिलो कार्यशाला

‘नेपाल जस्तो विकासशील देशलाई वित्तिय रुपमा साक्षर र सक्षम युवा पिडि अत्यावस्यक छ। त्यसैले, विद्यार्थी जिवन देखि नै आम्दानीका स्रोत पहिचान, परिचालन, बचत, बैंकिंग, लगानी, जस्ता विषयमा सिकाएर उनीहरुलाई बदलिदो जटिल वित्तिय व्यवस्था सापेक्ष बनाउने पहल गरेका हौँ।’ वित्तिय समर्थता अभियानकी कार्यक्रम व्यवस्थापक आयुष्मा महर्जनले बताइन्।

समर्थ नेपाल स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको नाफा नबाँड्ने कम्पनी हो। जनता क्लिनिक अभियानबाट चर्चामा आएको यस संस्थाले अहिले वित्तिय समर्थता अभियान सुरु गरेको हो।

Loading...