रोट्र्याक्ट क्लब अफ हेटौडाद्वारा मामाघर नेपालमा कला कार्याशाला हुँदै


रोट्र्याक्ट क्लब अफ हेटौडाले मामाघर नेपालमा चैत्र २५ गते देखि २९ गते सम्म ५ दिने कला कार्यशाला गरिरहेको छ।

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा मामाघर नेपालमा कला कार्याशाला हुँदै मामाघर नेपालका भान्जाहरूको सिर्जनात्मक क्षमता अभिवृद्धी गर्ने उद्देश्यको राखी गरिएको यस कार्यशालामा मामाघर नेपालका १२ भान्जाहरूले भाग लिइरहेका छन्। कार्यशाला अन्तर्गत उनीहरुले पेण्टिङ्, ओरिगामी, आदि कला मार्फत आफ्नो भावना अभिव्यक्त गर्न सिक्ने कुरा रोट्र्याक्ट क्लब अफ हेटौडाका आकाश गुप्ताले जानकारी दिए।

हरेक दिन एक-एक ओटा उद्देश्यका साथ  कार्यशाला हुन्छ। उनीहरुले उदाहरण मार्फत  त्यस सिक्ने कुरा बुझ्छन् र आफुले गर्ने कोशिस गर्छन।

“सबै भान्जाहरुको उत्साहले मलाई नै उत्साहित बनायो। सबैले निक्कै रमाएर सिक्दै छन्। उनीहरुको अनुहारमा खुसी र सन्तुष्टीको भाव देख्दा झन् खुसी लाग्दो  रहेछ।” कार्यशालाकी प्रशिक्षक करिमा जोशीले बताइन्।

कला कार्यशालाको लागि संपुर्ण बन्दोबस्त मिलाएकोरोट्र्याक्ट क्लब अफ हेटौडा हेटौडाको अग्रणी सामाजिक संस्था हो।

 

Loading...