देशकै पहिलो अपांगमैत्री पुस्तकालय खुल्यो नुवाकोटको बेलकोटमा


नुवाकोट जिल्लाको बेलकोट नगरपालिकामा रिड नेपालले नेपालकै पहिलो अपांगमैत्री सामुदायिक पुस्तकालय निर्माण गरेको छ। बेलकोट नगरपालिकाको वडा –२ मा जनजागरण सामुदायिक पुस्तकालयको स्थापना गरिएको हो।

यस पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत नौवटा कक्ष रहेका छन्। यसका साथै चारओटा अपाङ्गमैत्री शौचालयको पनि निर्माण गरिएको छ।

समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत यो पुस्तकालयको निर्माण गरिएको हो। पुस्तकालय भवन निर्माणमा रु एक करोड ७५ लाख खर्च गरिएको संस्थाका अधिकृत चिनकाजी श्रेष्ठले जनाएका छन्।

रिड नेपाल नेपालका विभिन्न ठाउँमा पुस्तकालय निर्माणमा खटिरहेको अग्रणी सामाजिक संस्था हो। नेपालको विभिन्न जिल्लाहरुका सामुदायिक विद्यालयहरुमा पुस्तकालय निर्माण कार्यमा रिड नेपालले सहयोग गर्दै आएको छ।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111