Categories: विकास

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्। यस्तो स्थितिमा हरेक गाउँपालिकाले धेरै कुरा सिक्न सक्छन्, मर्स्याङ्गदी गाउँपालिकाबाट।

गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको ७ मध्ये १ स्थानीय तह मर्स्याङ्गदी गाउँपालिका हो। पहाडी अझ लेकाली क्षेत्रमा अवस्थित यो गाउँपालिकाको सफलताको प्रमुख आधार भनेको प्राकृतिक तथा सांस्कृतिक सुन्दरताका आधारमा पर्यटन क्षेत्रमा गर्न सकेको विकास नै हो।

गुरुङ बस्ती रहेको यस गाउँपालिकाले गुरुङ समुदायको सांस्कृतिक संपन्नतालाई पर्यटन आकर्षणको आधार बनाउन सकेको छ। गुरुङ खाना, रहनसहनमा, भेषभुसा र संस्कृति बुझ्न धेरै पर्यटकहरु यहाँका होम स्टेहरुमा जाने गर्दछन्। ‘मह शिकार’ पनि यस गाउँको अर्को आकर्षण बनेको छ।

बिर भक्ति थापा, राष्ट्रकवि माधव प्रसाद घिमिरे तथा भूगोलविद डा. हर्क गुरुङ जस्ता नेपालका गौरवहरुको जन्मभुमी रहेको यस गाउँपालिकाले ती व्यक्तिहरुको सम्मानमा पनि उचित व्यवस्था गरेको छ। भक्ति थापाको सम्झनामा भक्ति थापा पार्क बनाइएको छ भने डा. हर्क गुरुङका पार्थिव शरीरलाई यही समाधी बनाइएको छ।

कृषिमा पनि यस गाउँपालिकाले राम्रो विकास गरेको छ। नगदे बालीका रुपमा अलैची खेतीलाई यस गाउँपालिकाले विशेष महत्व दिएको छ। अलैचीको नर्सरी मार्फत कृषकहरुलाई विरुवा उपलब्ध गराई कृषिमा सहजता बनाएको छ। यहाँका कृषकहरु कफी खेतीमा पनि आकर्षित भईरहेका छन्।

स्थापनाको पहिलो वर्षमा आर्थिक विकासका आधार पहिचानमा निक्कै धेरै काम भएको र अब पूर्वाधार विकासमा द्रुत गतिमा काम गर्दै संवृद्ध गाउँपालिका बनाउने प्रतिबद्ध छन् गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ।

हेर्नुहोस् मर्स्याङ्गदी गाउँपालिकाको बारेमा यस भिडियो:

सम्पादन गरिएको: August 11, 2018, 2:23 pm

ताजा समाचारहरू

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am

कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन नेकपाको निर्देशन

नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन निर्देशन दिएको छ। स्रोतका अनुसार उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नेछन्।…

श्रावण ८ 11:39 am