अबको एजेन्डा सम्वृद्धि र विकास: प्रचन्ड


नवलपरासी, फागुन १७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नवलपरासीमा आयोजित एक  कार्यक्रममा भने   ‘अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ, देशमा विकासको आवश्यकता छ, तराई मधेशमा अझ बढी विकास गर्नु बाँकी छ।’

 संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागिता गराउन वार्ता अन्तिम चरणमा पुगेको जानकारी उनले दिएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भने – ‘अब दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिनेछ।’ बिहीबारनै अध्यक्ष दाहालले गौतम बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपको अवलोकन समेत गरेका छन्।

 

 

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *