अत्याधुनिक प्रविधिको टनेल बोरिङ्ग मेसिनको प्रयोग सँगै भेरी बबई डाइभर्सनको निर्माण तिब्र


नेपाल सरकारको २१ राष्ट्रीय महत्वको आयोजना मध्य १ भेरी बबई आयोजनाको निर्माण कार्य अहिले तिब्र गतीमा अगाडी बढीरहेको छ| अन्य २० आयोजनाको प्रगती निराशाजनक हुँदा पनि यस आयोजनाको काम तिब्र गतीमा अगाडी बढ्दै छ| यसको मुख्य कारण भने यस परियोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ्ग मेसिन हो|

चालु आर्थिक वर्षको ६ महिनामा समष्टिगत भौतिक प्रगती २०% र आर्थिक प्रगती प्रतिशत पुगेको छ| क्याम्प निर्माण तथा बोरिंग क्षेत्रको रुख कटानको काम पनि छिटो हुँदैछ| काम द्रुत गतीमा अगाडी बढेकै कारण निर्धारित अवधीमा सकिने विश्वास लिइएको छ|

यस आयोजनाको कुल लागत १६ अर्ब ४३ करोड रहने अनुमान गरिएको छ|

यस आयोजनाबाट ४८ मेगावाट विद्युत उत्पादन हुनेछ| र यसका साथै बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर जमिनले पनि बाह्रै मास सिचाईको सुविधा पाउने छ|

यस आयोजना अन्तर्गत १२ किलोमिटर सुरुंग मार्ग, नदीमा डाइभर्सन हेडवोर्कस तथा ४८ मेगावाट जलविद्युत उत्पादनको लागि जलविद्युत गृह लयात संरचना बनाइने छ| यस आयोजना आ.व. ७७-७८मा संपन्न हुने लक्ष राखिएको छ|

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *