‘मुख्यमन्त्री स्वच्छता अभियान’को घोषणा, मुख्यमन्त्री राउत झाडु बोकेर ८ जिल्ला जाने


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई स्वच्छतामा अब्बल बनाउन ‘मुख्यमन्त्री स्वच्छता अभियान’ को घोषणा गरेका छन्।

सिराहालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रममा बोल्दै उनले स्वच्छता मानव विकासको पहिलो खुड्किलो भएकोले प्रदेश २लाई स्वच्छतामा उत्कृष्ट बनाउन विशेष बजेटको व्यवस्था गर्ने उल्लेख गरेका छन्। ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अभियान कै लागि उनि स्वयम् प्रदेशका आठै जिल्लाहरुमा झाडु लिएर उत्रने बताएका छन्।

सिराहा नेपाल कै ४८औं खुल्ला दिसामुक्त जिल्ला बनेकोमा उनले सिराहाबासीलाई बधाई दिंदै दिएका छन्। स्मरण रहोस्, केन्द्रीय राजधानी रहेको काठमाडौँ समेत अहिले सम्म खुल्ला दिसामुक्त नभई सकेको अवस्थामा सिराहाले यो उपलब्धी हासिल गरेको छ।

स्रोत: आजको अनलाइन खबरको  समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *