२०८०, १९ मंसिर मंगलवार

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

Share:
नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्। यस्तो स्थितिमा हरेक गाउँपालिकाले धेरै कुरा सिक्न सक्छन्, मर्स्याङ्गदी गाउँपालिकाबाट।

गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको ७ मध्ये १ स्थानीय तह मर्स्याङ्गदी गाउँपालिका हो। पहाडी अझ लेकाली क्षेत्रमा अवस्थित यो गाउँपालिकाको सफलताको प्रमुख आधार भनेको प्राकृतिक तथा सांस्कृतिक सुन्दरताका आधारमा पर्यटन क्षेत्रमा गर्न सकेको विकास नै हो।

गुरुङ बस्ती रहेको यस गाउँपालिकाले गुरुङ समुदायको सांस्कृतिक संपन्नतालाई पर्यटन आकर्षणको आधार बनाउन सकेको छ। गुरुङ खाना, रहनसहनमा, भेषभुसा र संस्कृति बुझ्न धेरै पर्यटकहरु यहाँका होम स्टेहरुमा जाने गर्दछन्। ‘मह शिकार’ पनि यस गाउँको अर्को आकर्षण बनेको छ।

बिर भक्ति थापा, राष्ट्रकवि माधव प्रसाद घिमिरे तथा भूगोलविद डा. हर्क गुरुङ जस्ता नेपालका गौरवहरुको जन्मभुमी रहेको यस गाउँपालिकाले ती व्यक्तिहरुको सम्मानमा पनि उचित व्यवस्था गरेको छ। भक्ति थापाको सम्झनामा भक्ति थापा पार्क बनाइएको छ भने डा. हर्क गुरुङका पार्थिव शरीरलाई यही समाधी बनाइएको छ।

कृषिमा पनि यस गाउँपालिकाले राम्रो विकास गरेको छ। नगदे बालीका रुपमा अलैची खेतीलाई यस गाउँपालिकाले विशेष महत्व दिएको छ। अलैचीको नर्सरी मार्फत कृषकहरुलाई विरुवा उपलब्ध गराई कृषिमा सहजता बनाएको छ। यहाँका कृषकहरु कफी खेतीमा पनि आकर्षित भईरहेका छन्।

स्थापनाको पहिलो वर्षमा आर्थिक विकासका आधार पहिचानमा निक्कै धेरै काम भएको र अब पूर्वाधार विकासमा द्रुत गतिमा काम गर्दै संवृद्ध गाउँपालिका बनाउने प्रतिबद्ध छन् गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ।

हेर्नुहोस् मर्स्याङ्गदी गाउँपालिकाको बारेमा यस भिडियो:

प्रकाशित मिति: २०७५, २६ श्रावण शनिबार १४:३२ at 2:32 pm

Share:

प्रतिक्रिया दिनुहोस्

थप