अन्तर्राष्ट्रीय क्रिकेट स्टेडियमको लागि जग्गाको खोजीमा धुर्मुस पुगे हेटौडा


धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रीय क्रिकेट स्टेडियम बनाउने जिम्मेवारी पाएपछी सिताराम कट्टेल (धुर्मुस) विभिन्न ठाउँहरुमा जग्गाको अवलोकनको लागि घुमिरहेका छन्।

आज धुर्मुस सुन्तली फाउन्डेसनको टोली प्रदेश ३का मुख्य मंत्री डोरमणी पौडेल सहित सम्भावित स्थानको अवलोकनको लागि हेटौडा पुगेको थियो। टोलीले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ मा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको आज अवलोकन गरेको छ।

२३ विगाह क्षेत्रफलमा फैलिएको यस प्रतिष्ठानमा क्रिकेट स्टेडियम  बनाउन जग्गा उपलब्ध गराउन सकिने मुख्य मंत्री पौडेलले बताएका छन्।

सिताराम कट्टेलले प्रतिष्ठानमा आवश्यक जग्गा भएको र यदी आइसीसीको मापदण्ड अनुसार प्राविधिक दृष्टिकोणले उपयुक्त देखिएमा स्टेडियम निर्माण कार्य अगाडी बढाउन सकिने बताएका छन्।

हेटौडा पुगेको अनुगमन टोलीमा सिताराम कट्टेल, मुख्यमंत्री पौडेल सहित कुमार कट्टेल, मनोज गजुरेल, तथा धुर्मुस सुन्तली फ़ाउण्डेसनका प्राविधिकहरु रहेका थिए।

Loading...