डोल्पाको दुनै राष्ट्रीय सडक संजालमा जोडिंदै, अब मात्र ३ किलोमिटर बाँकी


भौगोलिक रुपमा अत्यन्त विकट जिल्ला डोल्पा अब भने राष्ट्रीय सडक संजालसँग जोडिन लागेको छ। डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिन अब तीन किलोमिटर मात्रै बाँकी छ।

जाजरकोट–डोल्पा सडकखण्डको कुल ११७ दशमलव ७ किलोमिटर सडकखण्डमध्ये अहिले ११४ दशमलव ७ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भइसकेको छ।

जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख तथा कर्णेल विश्वबन्धु पहाडीका अनुसार भिर, पहरा र चट्टानका कारण निर्माणमा ढिलाई भएपनि आउँदो दशैंमा दुनैलाई सडक सञ्जालले जोड्ने गरी काम भइरहेको छ।

जाजरकोट–डोल्पा सडकखण्डको निर्माणको काम नेपाली सेनाले गरिरहेको छ।  अहिले यस सडकखण्डको रुकुमको सिमाना त्रिवेणी बजारदेखि डोल्पाकाे खदाङसम्म जीप र ट्रयाक्टर चल्न थालेका छन् ।

यस सडकखण्डको त्रिवेणी-सिरबिन्डेसम्म भने आइतबारबाट नै औपचारिक रुपमा यातायात चल्न थालेका छन्। संघीय सांसद सत्य पहाडीले आइतबार करोपगाड–खदाङ–श्रीविण्डे चिप्लेभिर सडकखण्डको उद्घाटन गरेकी हुन्।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111