सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण


सुन तस्करी प्रकरणमा मुछिएका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।

फरार बनेपछी उनको खोजीको लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी गरिएको थियो। उनको खोजीमा प्रहरीले संपुर्ण शक्ति लगाएको थियो।

सुन तस्करी प्रकरणका प्रमुख अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयानले एसएसपी खत्रीलाई यस प्रकरणका प्रमुख अभियुक्त मध्ये एक बनाएको हो। ‘गोरे’ का अनुसार एसएसपी खत्रीले विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेका थिए।

गोरेले सुन तस्करीमा उनलाई सघाएका प्रहरीहरुको सुची बुझाएका थिए। उक्त सूचीमा खत्रीको नाम छ। तस्करीमा संलग्न अन्य अभियुक्तले पनि खत्रीको नाम लिएका छन्।

खत्रीले आत्मसमर्पण गरेपछी उनी मार्फत यस प्रकरणका अन्य थुप्रै रहस्यहरु पनि उजागर हुने आशा गरिएको छ।

Loading...