६ बुँदे माग सहित फेरी आमरण अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी


यसअघि भएका विभिन्न सम्झौताहरु कार्यान्वयन नभएको भन्दै डाक्टर गोविन्द केसीले ६ बुँदे माग सहित फेरी आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले यस अघि भएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै तत्काल माग पुरा नभएमा आमरण अनसन सहितका आन्दोलनका कडा कार्यक्रम गर्ने चेतावनी दिएका हुन्।

स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ र शिक्षा मन्त्रालयले गरेका चिकित्सा शिक्षासम्बन्धी निर्णयहरु प्रति डाक्टर केसीले ध्यानाकर्षण भएको उनले बताएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा अध्यक्षदेश दोस्रो पटक जारी भइसकेपनि उचितरुपमा त्यसको प्रतिस्थापन विधेयक ल्याउने काममा राजनीतिक दलहरुले आलटाल गरिरहेका आरोप लगाएका छन् ।

उनले कुनै पनि बहानामा चिकित्सा शिक्षा ऐन रोक्न नहुने बताउदै ऐन जनतामुखी  हुनुपर्ने माग गरेका छन्। यसका साथै उनले अनिवार्य सेवाको अवधी २ वर्ष कायम गर्नुपर्ने, चिकित्सा शिक्षा संबन्धी न्यायिक आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, आइओएमलाई थप स्वायत्तता दिनुपर्ने लगायत माग गरेका छन्।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग पनि उनले राखेका छन्। यस्तै माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गर्नुपर्ने तथा चिकित्सकहरुमाथि हुने धम्की र आक्रमण रोक्न यथोचित कानूनको निर्माण गरी कार्यन्वयन गर्नुपर्ने माग गरेका छन्।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111