माहाकाली नदीमा गएको बाढीका कारण स्थानीय अझै त्रसित


दार्चुला जिल्लाको सदरमुकाम खलङ्गामा बिकराल बढी गएको ५ वर्ष वितिसक्यो तर पनि स्थानिय भासिन्दाहरुमा रहेको त्रासपाना भने उस्तै रहेको छ l विभिन्न समयमा सरकार परिवर्तन  भएता पनि त्यस क्षेत्रका बासिन्दाहरुले ढुक्कको सास फेर्न पाएका छैनन् l

२०७० असार २ गते आएको बाढीले १ सय ५६ घरमा पूर्णरूपमा क्षति पुर्‍याएको थियो । ९ सय ५८ रोपनीमा निर्मित १३ वटा सरकारी कार्यालयका ३२ वटा भवन बगाएको थियो । ३ सय ५३ परिवारको सरसामान नदीमा बगेको थियो । ३२ करोड ५६ लाखको क्षति भएको थियो । नदी किनारमा तटबन्ध निर्माणको काम सुरु भए पनि अझैसम्म पूरा नहुँदा स्थानीय त्रासमा छन् । यति लामो समय देखि त्रसित दार्चुला बासिन्दाहरुको जीवनस्तरमा कुनै पनि खालको सुधार पाएको पाईदैन l  जति सरकार फेरिए पनि हाम्रो दिनचर्या उस्तै छ अझै पनि सरकारी पक्ष बाट कुनै पनि खालको सहयोग नपाएको स्थानीयको गुनासो रहेको छ

भीषण बाढीले विस्थापित भएका खलंगाका बासिन्दा पुरानै थातथलोमा फर्किन सकेका छैनन् । सरकारले पुन:स्थापनाको ठोस कार्यक्रम नल्याउँदा उनीहरू विस्थापित अवस्थामै छन् । गाउँमा घरखेत हुने पीडित भने उतै फर्केका छन् । गाउँको घरखेत बेचेर सदरमुकाम आएकाहरूको बिजोग छ । आफन्तकै शरणमा दिन बिताइरहेका छन् ।

Loading...