यति एयरको जहाज धावनमार्गमा चिप्लियो यात्रुहरु सुरक्षीत


काठमाडाैंबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको नाइन एन एएचयू ६८१ कलसाइनको विमान दिउसो २ः४५ बजे अवतरणको क्रममा दुर्घटनाबाट जोगिएको हो ।

विमानले रनवेलाई डिष्टर्ब नगरेको कारण उडान अवतरणमा समस्या नभएको उनले बताए । यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन । काठमाडाैंबाट इन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने बताइएको छ ।विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा करिब १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । उनका अनुसार जहाजमा यात्रा गर्ने सबै यात्रु सकुशल छन् ।

Loading...