नेपाली सेनाको हेलिकप्टरमा डाक्टर केसीलाई काठमाडौं ल्याइदै, जुम्लाबाटे उडे केसी


माथेमा आयोगको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐन बनाउनु पर्छ भन्ने माग राख्दै २० दिनदेखि अनसनरत डा. गोविन्द केसी सरकारी हेलिकप्टर चडेर काठमाडौँ उडेका छन्।

केसीको स्वास्थ्य स्थिति निक्कै बिग्रन थालेपछी उनको जीवनरक्षाको लागि सरकारले बिहिबार नेपाली सेनाको हेलिकप्टर पठाएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको सरकारी टोलीलाई  त्यहाँ रहेका विद्यार्थीहरुले केसी सम्म पुग्न अवरोध गरेपछी प्रहरीले बल प्रयोग गरेको थियो। उक्त क्रममा १ जना प्रहरी सहित दर्जनौं घाइते भएका थिए।

केसीलाई अस्पतालबाट निकालेपछी स्थानीयहरूले अवरोध गरेका थिए जसलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।

भिडलाई तितरबितर पार्दै केसीलाई सेनाको ब्यारेकमा पुर्याइएको थियो र त्यहाँबाट सेनाको हेलिकप्टरमा राखेर काठमाडौँ तर्फ उडाइएको थियो।

आफ्नो समर्थकहरु माथि बल प्रयोग भए पछी काठमाडौँ जान तयार बनेका केसीले पछी आफु सरकारी हेलिकप्टरमा नजाने अडान लिएका थिए। तर अस्पताल प्रशासन, सरकारी पक्ष र केसीबीच छलफल भएपछी उनी सेनाको हेलिकप्टरमा काठमाडौँ जान तयार भएका थिए।

तस्बिर: प्रतीकात्मक

Loading...