बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने


बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ।

उक्त फिल्ड अफिसले नेपाल आउने भारतीय गाडीहरुका लागि अनुमति दिनुका साथै जन्म/मृत्यु/रजिस्टेशन लगायतका कागजपत्रको प्रमाणीकरण गर्दै आएको थियो । दुतावासका अनुसार अब यी सबै काम काठमाडौंस्थित दूतवासबाटै हुनेछ ।

२०६५ भाद्र २ गते कोशी ब्यारेज बाढीले भत्काएर नेपालको बाटो बन्द भएपछी नेपाली गाडीलाई भारतीय बाटो प्रयोग गर्नको लागि अनुमति पत्र दिन  भारतीय राजदुतावासले उक्त फिल्ड अफिस खोलेको थियो। उक्त समस्या समाधान भइसकेको अबस्थामा पनि उक्त अफिस बन्द गर्न नचाहेको थियो।

प्रधानमंत्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमणको बेलामा भारतीय पक्षसँग उक्त फिल्ड अफिस बन्द गर्ने विषयमा कुरा गर्नु भएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै भारतीय दुतावासले उक्त अफिस बन्द गर्ने घोषणा गरेको थियो। सोही अनुसार अगष्ट १बाट उक्त अफिसको सबै काम बन्द हुने दुतावासले जनाएको छ।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111