डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै


अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ।

डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा संलग्न सुरेन्द्र भण्डारीका अनुसार दुवै पक्षबीच कुरा मिलेको छ, डा. केसीलाई जानकारी गराएर उनको सहमती प्राप्त हुने बितिक्कै सहमतीमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढ्छ।

डा. केसीले उक्त सहमतीलाई ओके गरेमा आजै अनसन तोडिने छ।

डा. केसीलाई सहमतीको बारेमा जानकारी गराउन उनको तर्फको बार्ता टोली शिक्षण अस्पताल जाँदैछ।

तस्बिर: अर्काइभबाट

Loading...