Categories: विशेष

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा आउनु अघि मात्र, बाथरूमको लाईनमा आफ्नो समय कुर्दा मात्र। यो त समयको सदुपयोग गरेको पो हो। यो कसरी नराम्रो बानी भयो।”

यो पुरा सत्य हो त? त्यो Candy Crush को लेवल नकट्दै बीचमा खानामा ध्यान जान्छ त? पढाईमा ध्यान जान्छ त? मेरो त्यस्तो बानी भएको भए, मेरो त जादैन थियो। म त टेबलको मुनी लुकाएर पनि खेल्थे होला।

हामीलाई मोबाईलको गेमले किन आकर्षित गर्छ?

मैले याद गरे सम्म धेरै जसो गेम एउटा निस्चित शैली/ प्याटन (pattern) मा आधारित हुन्छन। अनि, हाम्रो दिमागलाई एउटा निश्चित संरचनाको गति हेर्न सारै मनपर्छ, जस्तै एउटै शैली र गतीमा कुनै मसीन चलेको। यसले मनलाई आनन्द दिन्छ। म मोबाईलमा गेम खेल्दिन, तर बुसमा आफु नजिक बसेकोले खेलेको हेर्दा मलाई आनन्द आउने भएरै होला, हेरी राख्छु।

अब गेम खेल्ने बानी नराम्रो/ हानीकारक चाहिँ कसरी भयो?

१) हाम्रो मोबाईलको स्क्रीनले डोपामिन (Dopamine) नामको रसायन उत्पादन गर्छ, जस्तो मूल काम भनेको हाम्रो दिमागलाई प्रोत्साहित (motivate, reward) गर्नु हो। त्यसैले त्यो आनन्द लाग्दो भाव बारम्बार महसुस गर्न हामी छिन् छिनमा आफ्नो फोन झिक्दै गेम खेल्दा रहेछौं। डोपामिन एउटा नशा पनि हो। त्यसले त फोनमा गेम खेल्नु हो जुन आनन्द छ, त्यो कम्पयुटरमा छैन। फेसबुक चलाउन पनि फोनमा धेरै मज्जा लाग्छ। डोपामिन बारे थप अध्यन पाठक आफै गर्नुस्।

२) अनि याद गर्नुस, कुनै गेम खेल्दा जीत भन्दा धेरै हार नै हुन्छ। एउटा लेवल कटाउन, धेरै पटक हार्नु पर्छ। हरेक पटक हर्दा, तपाईको मस्तिष्कले आफु कमजोर भएको महसुस त् गर्ने नै भयो। यसरी तपाईको आत्म-विश्वास र इच्छा शक्ति (willpower) घट्दै जाने हो। अनि, असल संसारमा केहि राम्रो गर्न नसकेको पिडा नयाँ गेम खेलेर भुलाउन पर्छ। यो एक चक्रब्यु बन्न सक्छ।

यो नराम्रो बानी कलेज पढ्ने किशोरमा छ मात्र के भन्नु, कतिपए अवस्थामा त ठुलो-ठुला आदरणीय व्यापारी, प्राध्यापक, जिम्मेबार आमाहरुलाई पनि गेम खेल्ने बानी लागेपछि, लुकीलुकी, आफ्नो काम छोडि-छोडि गेम खेल्ने बानीको गुलाम बनेका छन्। त्यसैले, फेरी पनि दोहोर्याउन मन लग्यो, मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्। कस्तो राम्रा-राम्रा मान्छेलाई पनि एउटा गेमको नियन्त्रणमा लिन सकिने।

लेखन:- बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले  हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

सम्पादन गरिएको: August 11, 2018, 2:36 pm

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am

कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन नेकपाको निर्देशन

नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन निर्देशन दिएको छ। स्रोतका अनुसार उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नेछन्।…

श्रावण ८ 11:39 am