हेटौंडामा खुल्यो ‘ओरेटर्स हाउस – हेटौंडा’


ओरेटर्स हाउस - हेटौंडाबक्तृत्वकला सिकेर स्पष्ट वक्ता बन्न चाहनेहरूको लागि सहयोगी ओरेटर्स हाउसको साखा फाल्गुन १९ गतेबाट हेटौंडामा सुरु भएको छ|

हेटौडाको टि.सि.एन. रोडमा अवस्थित अखण्ड हरिकिर्तनको हलमा हरेक शनिबार दिउसो २ बजे देखि ५ बजे सम्म हुने कार्यशालामा सहभागीहरुले सिक्दै बोल्नेछन् र बोल्दै सिक्नेछन्| ओरेटर्स हाउसको विषेश फर्म्याटमा संचालन हुने कार्यशालामा हरेकले आफूलाई हरेक हप्ता थप साहसी र आत्मविश्वासी भएको महशुस गर्नेछन्|

ओरेटर्स हाउस मुख्यालयका प्रमुख अब्दुस मियाँले भिडियो कन्फरेन्स मार्फत ओरेटर्स हाउसको महत्वको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए| फाल्गुन १९ गतेको  उद्घाटन कार्यक्रममा साखाका एसोसिएट्स रोशन कंसाकार र महेश पाठकले ओरेटर्स हाउसको संचालन विधीको बारेमा उपस्थित सहभागीहरुलाई जानकारी गराएका थिए र विविध प्रश्नहरुको जवाफ दिएका थिए|

ओरेटर्स हाउस – हेटौंडाको  भिडियो:

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *