सैन्य शक्तीमा चिन विश्व कै तेस्रो शक्तिशाली, नेपालको स्थान कहाँ?


‘ग्लोबल फायर पावर’ले हालै सार्वजनिक गरेको सूचीका अनुसार उत्तर छिमेकी राष्ट्र चिन विश्व कै तेस्रो शक्तीशाली देश रहेको छ। पहिलो र दोस्रोमा भने क्रमशः अमेरिका र रसिया नै रहेका छन्। दक्षिण छिमेकी भारत चौथो स्थानमा छ।

कस्तो छ चिनको फौजी अवस्था?

चिनसँग कुल ३७लाख १२ हजार ५०० सेना रहेका छन् जसमा २२ लाख ६० हजार सक्रिय जवान छन् भने १४ लाख ५२ हजार ५०० रिजर्भ सेना रहेका छन्। चिनसँग २९५५ लडाकु जहाज तथा हेलिकप्टर छन्।यसका साथै चिनीयाँ सेनासँग ६,४५७ कम्ब्याट ट्याङ्क छन्। दैनिक करिब १ करोड ब्यारेल पेट्रोलियम खपत गर्ने चिनसँग २५ अरब ब्यारेल पेट्रोलियम इन्धन रिजर्भमा रहेको छ। चीनको कुल रक्षा बजेट १.६१ खर्ब अमेरिकी डलर रहेको छ।

कस्तो छ भारतको फौजी अवस्था?

विश्व सूचीमा चौथो स्थानमा रहेको भारतसँग १३ लाख ६२ हजार ५०० सक्रिय र २८ लाख ४४ हजार ७५० रिजर्भ गरि कुल ४२ लाख ७ हजार २५० सेना रहेका छन्। भारतसँग कुल २१०२ लडाकु विमान तथा हेलिकप्टर छन् भने ४४२६ कम्ब्याट ट्याङ्क रहेका छन्। दैनिक ३५ लाख ब्यारेल तेल खपत गर्ने भारतको कुल पेट्रोलियम रिजर्भ ५.६७ अर्ब ब्यारेल रहेको छ। भारतको कुल रक्षा बजेट ५१ अर्ब अमेरिकी डलर रहेको छ।

नेपालको अवस्था कस्तो छ?

१३३ देशको सूचीमा नेपाल ९७ औं स्थानमा रहेको छ। नेपालको कुल १ लाख ५७  हजार सैन्य संख्यामा ९५ हजार सक्रिय सेना छन् भने ६२ हजार रिजर्भ सेना छन्। नेपाली सेनासँग १८ ओटा हेलिकप्टर तथा १,४८० बख्तरबन्द वाहन रहेका छन्। नेपालले दैनिक १९,२५० ब्यारेल पेट्रोलियम खपत गर्दछ, तर रिजर्भमा भने पेट्रोलियम राखिएको छैन| नेपालको कुल रक्षा बजेट २१ करोड अमेरिकी डलर रहेको छ।

नेपाल विश्वको तेस्रो र चौथो शक्तिशाली देशको बिचमा रहेको छ। लामो समयसम्म सैन्य क्षमता बिस्तार गर्नबाट बन्चित नेपालले माओवादी द्वन्द नियन्त्रणमा नेपाली सेनाले भाग लिएपछी मात्र क्षमता विस्तारमा लाग्न पाएको थियो। यस पक्षलाई समेत ध्यान दिएर हेर्दा नेपाली सेनाको हालको शैन्य क्षमता विकासको गति भने निक्कै राम्रो भएको मान्न सकिन्छ।

सार्क राष्ट्र  पाकिस्तान १३ औं स्थानमा छ भने अफगानिस्तान ६९औं स्थान, श्रीलंका ८४औं स्थान तथा भुटान पुछारमा अर्थात १३३औं स्थानमा छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111