हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा पनि फेसबुक प्रतिबन्ध


प्रदेश ३को राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले कार्यालय समयमा कार्यालय भित्र फेसबुकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

कार्यालय समयमा कर्मचारीहरुले फेसबुक, टुइटर, इन्स्टाग्राममा समय धेरै खर्च गरेमा सर्वसाधारण सेवाग्राहीहरुको सेवा प्रभावित हुने भन्दै यस्तो निर्णय भएको हो। कार्यालय समयमा मोबाइल डाटाबाट सामाजिक सञ्जाल चलाएमा पनि कारबाही गरिने निर्णय गरिएको छ।

हालै कर्णाली प्रदेशमा सबै सरकारी कार्यालयहरुमा कार्यालय समयमा फेसबुक प्रतिबन्ध गरे निर्णय गरिएको थियो।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111