हेटौडाकी श्रीङ्खला खतिवडाले पहिरियिन् मिस नेपाल २०१८को ताज


मिस नेपाल २०१८ को ताज हेटौडाकी २२ वर्षीय श्रीङ्खला खतिवडाले जितेकी छन्। काठमाडौको होटल अन्नपूर्णमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा अन्य २२ प्रतिस्पर्धीहरुलाई उछिन्दै श्रीङ्खलाले मिस नेपालको ताज पहिरिएकी हुन्।

पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट आर्किटेक्चर पढेकी श्रीङ्खलालाई मिस नेपाल २०१७ नीतिका चाण्डकले ताज लगाइदियिन।

मिस नेपालको ताज सँगै उनले मिस वर्ल्डमा नेपाललाई प्रतिनिधित्व गर्ने छिन्।

उनीसँगै गोरखाकी मनिता देवकोटाले मिस युनिभर्स पाइन् भने काठमाडौँकी प्रिया सिग्देलले मिस अर्थ र रोनाली अमात्यले मिस इन्टरनेसनलको टाइटल  पाएका छन्।

प्रतिस्पर्धाको अन्तिममा ज्युरी गोविन्द पराजुलीले नेपाललाई संवृद्ध र नेपालीलाई खुसी बनाउन के-के ३ कुरा गर्नुपर्छ गर्नुपर्छ भनेर सोधेका थिए। उत्तरमा श्रीङ्खलाले रोजगारीको सिर्जना गर्नुपर्ने, उद्यमशीलतामा लगानी बढाउनु पर्ने र हाम्रो प्रकृतिलाई माया तथा संरक्षण गर्नु पर्ने बताइन्। श्रीङ्खलाले थपिन् हामीले नेपाललाई ३ करोड जनसंख्या होइन २ करोड सिर्जनात्मक दिमागहरुको रुपमा चिनाउनु पर्ने बताइन्।

प्रतिस्पर्धामा सुनील शाक्य, भावना घिमिरे, रबिन्द्र मिश्र, अशिश्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिस्ट, दीपक बिस्ट, नीतिका पौडेल, इवाना मानन्धर तथा राजु शाहले ज्युरीको भूमिका निभाएका थिए।

Loading...