चीनलाई प्रम ओलीले २ दुई जोडी गैंडा उपहार दिने, समातेको हेर्न चिनियाँ विज्ञ नेपालमा


नेपालले चीनलाई उपहार स्वरूप दिने भनिएको गैंडाहरुलाई समातेको हेर्न चिनबाट वन्यजन्तु व्यवस्थापन विज्ञ याङको नेतृत्वमा एक टोली आज नेपाल आउँदैछ ।

केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७३ असारमा चिनलाई २ जोडीलाई एक सिंगे गैंडा उपहार स्वरुप दिने निर्णय भएको थियो। उक्त निर्णय कार्यान्वयन गर्ने प्रक्रिया कात्तिकमा नै सुरु गरिएको थियो।

चिनियाँ वन्यजन्तु व्यवस्थापन संबन्धी विज्ञको टोली प्राकृतिक वासस्थानमा गैंडा कसरी समातिन्छ भन्ने हेर्न तथा अन्य प्राविधिक पक्षहरुको बारेमा बुझ्नको लागि नेपाल आउने भएको हो। चितवन राष्ट्रीय निकुञ्जका गैंडा समात्न सबै तयारी पुरा भइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जनाए।

नेपालबाट लगिने गैंडा चिनको सांघाई र ग्वान्जाओमा रहेको सफारी पार्कमा राखिनेछ। त्यहाँको एक टोलीले चितवनको गैंडाको आनीबानी, आहार, बासस्थान, घाँसे मैदान, आदी बारे अध्ययन पनि गरेको थियो।

प्राकृतिक बासस्थानमा गैंडा नभएकाले चिनियाँ विज्ञहरुलाई यो दृश्य रोचक हुने कुरा हिजोको कान्तिपुर दैनिकको समाचारमा उल्लेख गरिएको छ।

Loading...