घरेलु कामदार बन्न बाध्य सुरक्षाकर्मीलाई फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन


हजारौंको संख्यामा सेना तथा प्रहरीहरु उच्च पदस्थहरुको घरमा घरेलु कामदारको रुपमा काम गर्न बाध्य भएको पाइए पछी प्रधानमन्त्री ओलीले उनीहरुलाई १ हप्ता भित्र फिर्ता गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको निर्देशन पछी गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेल हाकिम तथा भिआइपीका घरमा कामदार बनेका सुरक्षाकर्मीहरुको विवरणको खोजीमा जुटेका छन्। यस कार्यका लागि गृह उपसचिवको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरिएको छ|

सुरक्षामा खट्नु पर्ने सुरक्षाकर्मीहरू घरेलु कामदारको रुपमा काममा राखिंदा राज्यको करोडौंको लगानी खेर गएको भन्दै प्रधानमन्त्री कार्यालयका सचिवहरुले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएपछी ओलीले यो निर्देशन जारी गरेका हुन्।

प्रधानमन्त्री कार्यालयको अध्ययन अनुसार सेना, प्रहरी र राष्ट्रीय अनुसन्धान विभागका गरी करिब १५ हजार सुरक्षाकर्मी घरेलु कामकार बन्न विवश छन्। सेना, प्रहरी, निजामती सेवा, लगायतका उच्च पदस्थहरुले सुरक्षाका नाममा वर्षौंदेखि उनीहरुलाई घरेलु कामदारको रुपमा प्रयोग गरिरहेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार द्वन्दको समयमा प्रहरी, सेना तथा अन्य उच्च पदस्थले सुरक्षाका नाममा लिएका सुरक्षाकर्मी अझै फिर्ता नगरेका हुन्। प्रधानमन्त्रीको निर्देशन पछी ती सुरक्षाकर्मीहरु आफ्नो काममा फिर्ता आउन पाउने भएका छन्।

छापाबाट: आजको अन्नपुर्ण पोस्ट

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *