चिनसँग संबन्ध बढाउँदै फोरम, १५ सदस्यीय टोली चिन भ्रमणमा जाने


उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले चिनसँग संबन्ध बढाउँदै छ। यसै सन्दर्भमा फोरम नेपालका १५ जना नेताहरुको टोली सात दिने भ्रमणमा आइतबार चिन जाने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चिन जान लागेको टोलीमा सात जना सांसद र आठ  केन्द्रीय सदस्यहरु रहेका छन्। पार्टी उपाध्यक्ष रेणु यादवले नेत्रित्व गर्ने भ्रमण टोलीमा प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव, प्रदेशसभा सदस्यहरु जयराम यादव र रणध्वज लिम्बु तथा राष्ट्रीयसभा सदस्य रामप्रीत पासवान समेत रहेका छन्।

टोलीमा परेका केन्द्रीय सदस्यहरु अर्जुन थापा, सञ्जय सिंह, भूराज राई, रामआशिष यादव, शेषनारायण यादव, दिनेशकुमार यादव र मिलनकुमार यादव रहेका छन्।

सात दिनको भ्रमणमा यस टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, चीन सरकारका मन्त्री, बेइजिङ महानगरपालिकाका प्रमुखसँग भेट गर्ने छन्। मधेस केन्द्रित दललाई चीनले प्राथमिकतामा राखेकोले चिन भ्रमण सकारात्मक हुने रेणु यादवले बताइन्।

आजको नागरिक दैनिकमा समाचार छ।

 

Loading...