कर्न्सोटियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आईसीआईजे) ले बुधबार राति सार्वजनिक गरेको पनामा पेपर्स–२ मा चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीको नाम पनि परेको छ। अवैध धन ट्याक्स हेवनमा लुकाउने विश्वभरका खेलाडीदेखि नेतासम्मको विवरणमा मेस्सीको नाम आएको हो।
मेस्सी र उनका पिता गोर्खे होरासियो मेस्सीले पनामामा खोलिएका अफशोर कम्पनीहरुमार्फत अर्बौं डलर करछली गरेको खुलासा भएको हो। पनामामा उनीहरुले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक गोप्य कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ।
मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि ‘मेघा स्टार इन्टरप्राइजेज’ सँगै जोडिएर सार्वजनिक भएको थियो। तर उनले उक्त कम्पनी पुरै निष्क्रिय भएको बताएका थिए। शुक्रबार सार्वजनिक भएको पनामा पेपर्स-२ मा उनले उक्त कम्पनीलाई सक्रिय बनाई फेरी पनि कारोबार गरेको खुलासा भएको छ।
अघिल्लो पनामा पेपर्समा करछली गरेको खुलेपछी स्पेनिस कोर्टले मेस्सीलाई २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना गर्ने सजाय सुनाएको थियो। स्पेनको कानूनअनुसार २ वर्षभन्दा कम सजाय भएको कसुरमा फुटबल खेलाडीले जेल बस्नुु नपर्ने व्यवस्थाका कारण मेस्सीले जेल सजाय भोग्नु परेको थिएन।
मेस्सी सँगै अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो म्यार्की, मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकका भाइ मोहम्मद निजाम विन अब्दुल रजाक, रूसका धनाढ्य तथा राजनीतिकर्मी विटाली मल्किन, लगायत विश्वभरका थुप्रै नेताहरूको समेत विवरण सार्वजनिक भएको छ।