सिटामोल पुनः नेपालमै उत्पादन सुरु


काठमाडाैं, फागुन १६ – विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्न नसक्दा ७ वर्षअघि आफ्ना सबै उत्पादन बन्द गर्न बाध्य भएको नेपाल औषधि लिमिटेडले अहिले पुनः उत्पादन शुरू गरेकाे छ।

वि.सं. २०६६ सम्म अति अावश्यक सुचिमा रहेकाे सिटामाेल नेपाल औषधि लिमिटेडबाट उत्पादित हुने गर्थ्यो। नेपाल अाैषधि लिमिटेडले सात वर्षकाे अन्तराल पश्चात पुनः सिटामाेल उत्पादन शुरू गरेकाे छ।

विगतमा ५ कराेड ट्याब्लेट उत्पादन गर्दै अाएकाे सिटामाेल हाल ८० हजार ट्याब्लेट उत्पादन गर्ने भएकाे छ। सिटामाेल ज्वाेराेकाे लागी अति प्रभावकारी अाैषधिकाे रूपमा लिइन्छ। नेपालमा उत्पादन हुने सिटामाेल अन्य विदेशी अाैषधिभन्दा सस्ताे पर्छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *