अस्ट्रेलिया पाठेघरको मुखको क्यान्सर निर्मुल गर्ने पहिलो देश बन्न सक्ने


अस्ट्रेलियाले पाठेघरको मुखको क्यान्सर (cervical cancer) विरुद्धको खोप उत्पादनमा निक्कै ठुलो सफलता पाएको छ र यस किसिमको क्यान्सर निर्मुल गर्ने विश्व कै पहिलो देश बन्न सक्ने बताइएको छ।

९९.९% पाठेघरको मुखको क्यान्सरको कारकको रुपमा ह्युमन प्यापिलोमा भाइरस (Human Papillomavirus)लाई ठहर गरिएको छ र खोप कार्यक्रमपछी क्यान्सरको दर अस्ट्रेलियामा २२.७% बाट १.१ प्रतिशतमा झरेको छ। इन्टरनेसनल प्यापिलोमाभाइरस सोसाइटीका अनुसन्धानकर्ताहरुले हालसालै एक विज्ञप्ती जारी गर्दै अस्ट्रेलिया पाठेघरको मुखको क्यान्सर निर्मुल गर्ने पहिलो देश बन्न सक्ने कुरा बताएका छन्।

मेलबोर्न विश्वविद्यालयकी प्रोफेसर सुजेन गार्ल्याण्डले भनिन्, ‘हाम्रो आंकलन अनुसार अबको ३०-४० वर्षमा पाठेघरको क्यान्सरको डर वार्षिक करिब १००० केसबाट झरेर नगन्यमा पुग्नेछ।’ साथै, उनले राष्ट्रीय एच.भी.पी खोप कार्यक्रम तथा सशक्त क्यान्सर परिक्षण व्यवस्थाले अस्ट्रेलिया यस किसिमको क्यान्सर निर्मुल गर्ने पहिलो देश बन्न तयार भएको कुरा पनि थपिन्।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *