विवेकशील साझा ललितपुर र मथुरा रत्न छात्रवृती अलुम्नाइले गरे सुनसरीमा स्वास्थ्य शिविर
मथुरा रत्न छात्रवृत्ती अलुम्नाइ र विवेकशील साझा पार्टी ललितपुरले चैत १ र २ गते सुनसरी जिल्लाको इटहरी-१९, तरहरामा अवस्थित श्री पंचायत रजत जयन्ती विद्यालयमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न गरेका छन्।
उक्त कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले सहयोग गरेका थिए भने रेडक्रस सोसाइटी सुनसरीले स्वम्सेवा गरेका थिए। एसियन फ़र्मासेटिकल्सले औषधी उपलब्ध गराएको उक्त स्वास्थ्य शिविरको लागि सरोकार नामक गैर-सरकारी संस्थाले स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो।
मथुरा रत्न छात्रवृत्ती अलुम्नाई हाल २३ जना एम.बि.बि.एस डाक्टर तथा ८ जना एम.डी. चिकित्सक रहेका छन्। यसका साथै, मथुरा रत्न छात्रवृत्ती कार्यक्रमबाट हाल ६ जना विद्यार्थीले एम.बि.बि.एस अध्ययन गर्दै गरेको कुरा संरक्षक जेसन वैद्यले बताउनु भयो|