अर्थ संकलनको लागि समर्थ नेपालले ‘इम्प्याक्ट हाइक’ आयोजना गर्दै


विगत दुई वर्षदेखि नसर्ने रोगहरु संबन्धी चेतनामुलक कार्यक्रमहरु गर्दै आएको गैर नाफामुखी संस्था ‘समर्थ नेपाल’ले यहि मार्च ३१ मा आर्थिक स्रोत संकलनका लागी ‘इम्प्याक्ट हाइक’ नामक कार्यक्रमको आयोजना गर्दैछ।

अर्बुद रोग  (क्यान्सर) बाट बच्न मानिसहरुमा चेतना फैलाउने, जाँच गरी उपचार गराउने जस्ता कामहरुका लागि आर्थिक श्रोत जुटाउन यस कार्यक्रमको आयोजना गरिएको कुरा समर्थ नेपालकी व्यवस्थापक प्रियासा महर्जनले बताउनु भयो। विशेष गरी स्तन क्यान्सर, पाठेघर सम्बन्धि रोग, मृगौला सम्बन्धि रोग लगायतका नसर्ने रोगका बारेमा चेतना जगाउन र नि:शुल्क जाँच गरी उपचार गराउने कामका संकलित अर्थको प्रयोग हुनेछ।

लगभग ३० जनाको सहभागीता हुने यस यात्रामा प्रत्येक सहभागीबाट रू. २००० रकम लिइने छ। सहभागीहरुलाई टि–सर्ट , खाना, खाजा, यातायात, आपतकालीन स्वास्थ्य सेवाको व्यवस्था संस्थाबाट नै गराइने कुरा आयोजकले जनाएको छ । यो यात्रा साँखुबाट सुरु गरी ढोक्सान हुँदै पुन: साँखु आएर समाप्त हुनेछ।

क्यान्सर संबन्धी जनचेतना जगाउन समर्थ नेपालले 'इम्प्याक्ट हाइक' आयोजना गर्ने

सन् २०१८ भित्रमा तिन वटा यस्ता कार्यक्रमहरु गरिसक्ने उद्देश्य राखिएकोमा मार्च ३१मा गर्न लागिएको पहिलो हाइकिङ कार्यक्रमबाट रू. ४,५०,००० आर्थिक सहयोग जुटाउने लक्ष्य संस्थाले राखेको छ। हाइकिंगका सहभागीहरू बाहेक विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुबाट पनि आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सन् २०१६मा स्थापित गैरनाफामुखी संस्था समर्थ नेपालले निःशुल्क रुपमा मानिसहरुमा विभिन्न प्रकारका नसर्ने दिर्घ रोगको बारेमा सचेतना प्रदान गर्ने र उपचार गराउने कार्य गर्दै आएको छ । पाँच जना सदस्यहरूबाट संचालित यस संस्थामा हाल २० जना डक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरू  सहयोगीको रुपमा काम गरिरहेका छन् ।

यस संस्थाले हाल सम्ममा १७ वटा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिसकेको छ भने ५००० भन्दा बढी मानिसहरुलाई जाँच गरी नि:शुल्क उपचार गरेको छ। यस संस्थाले हालसम्म गरेका विभिन्न कार्यक्रमहरुका निम्ति विभिन्न संघसंस्था, नगरपालिकाहरुबाट आर्थिक सहयोग प्राप्त गर्दै आएको छ।

हाल मृगौला सम्बन्धि रोग, महिलाहरुमा स्तन क्यान्सर, पाठेघर सम्बन्धि रोग प्रसस्त देखिन थालेको छ । यस्ता रोगका कारण वर्षेनि हजारौँ मानिसहरुले ज्यान गुमाइरहेको अवस्थामा समर्थ नेपालद्धारा आयोजित चेतनामुलक कार्यक्रम ‘HIKE FOR AWARENESS’ समयसान्दर्भिक रहेको  छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *