नेपाली डाक्टर सन्दुक रुइत भारतमा ‘पद्मश्री अवार्ड’बाट सम्मानित


नेपाली डाक्टर सन्दुक रुइतले हिजो भारतका राष्ट्रपती रामनाथ कोविंदबाट पद्मश्री अवार्ड ग्रहण गरेका छन्। पद्मश्री भारत सरकारको चौथो सर्वोच्च सिभिलियन अवार्ड हो।

डा. रुइतलाई यो अवार्ड चिकित्सा क्षेत्रमा उनको अतुलनीय योगदानलाई कदर गर्दै दिइएको हो। सामान्यतया भारतीय नागरिकलाई दिइने यो पुरस्कारबाट थोरै मात्र विदेशी नागरिकहरु सम्मानित भएका छन्।

सन्दुकले सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति ‘रुईतेक्टोमी’का सुरुवात गरि मोतीबिन्दुको उपचारमा युगान्तकारी योगदान दिएका छन्। यसै विधीबाट उनले हप्तामा २५०० भन्दा धेरै बिरामीको उपचार गर्छन् र गरिब बिरामीहरुको नि:शुल्क उपचार पनि गर्ने गरेका छन्।

तिलगंगा आँखा केन्द्रका संथापक  तथा निर्देशक रुइत यस अघि सन् २००६मा रमन म्याग्सेसे पुरस्कारबाट पनि सम्मानित भएका थिए।

ताप्लेजुङको ओलाङचुङ गोलामा जन्मे हुर्केका रुइतले १९७०मा सिद्धार्थ वनस्थली स्कूल, काठमाडौँबाट पहिलो श्रेणीमा एसएलसी पास भएका थिए। त्रिचन्द्र कलेजबाट आइएस्सी पास गरेपछी उनले छात्रवृत्तीमा लखनाउको किङ जर्ज मेडिकल कलेजबाट एमबिबिएस र एम्सबाट एमडी गरेका थिए।

Loading...