प्रदेश ३को सरकारले माग्यो नागरिकको सुझाव, यसरी पठाउनुहोस सुझाव


प्रदेश ३को सरकारले विकासको लागि बनाउने नीति तथा कार्यक्रममा जनसहभागिताको सुनिश्चितता गर्न आम नागरिकहरुसँग सुझाव मागेको छ।

सहभागितामुलक लोकतन्त्रको अभ्यासबाट नै विकास निर्माणको काम सहज हुने र सरकारले देख्न नसकेका विषयहरु आम नागरिकहरुले पठाएका सुझावहरूले समेट्ने भन्दै नीति तथा कार्यक्रमको लागि सुझाव मागेको हो।

नेपालमा प्रथम पटक गरिएको यस्तो अभ्यासले सहभागितामूलक लोकतन्त्रलाई विकास गर्न निक्कै महत्वपुर्ण भूमिका खेल्ने आशा राखिएको छ। विकास निर्माणको काम नागरिकको हितको लागि नै हुने हुँदा आम नागरिकको नीति निर्माण तहमा नै प्रत्यक्ष सहभागितालाई सुनिश्चित गर्नको लागि पनि यो कदम महत्वपुर्ण हुनेछ।

कसरी पठाउने हो त सुझाव?

आम नागरिकबाट सुझाव लिनको लागि प्रदेश ३ को सरकारले इमेल मार्फत सुझाव संकरण गर्ने व्यवस्था गरेको छ। तपाइले [email protected] मा इमेल पठाएर आफ्ना सुझावहरु पठाउन सक्नुहुन्छ।

Loading...