दिपक कार्कीको गजल: रोकेर दिलको धड्कन्, कसरी बाचुँला र



रोकेर दिलको धड्कन्, कसरी बाचुँला र ।
तिमी बिनाको सपना, कसरी साचुँला र ।।

साथै मर्ने साथै जिउने कत्रो चाहाना मेरो ।
तिमी बिनाको जिन्दगी, कसरी आटुँला र ।।

तिम्रो न्यानो साथ अनि मेरो मिठो माया बिना ।
मायाका मिठो सम्बन्ध, कसरी बाटुँला र ।।

तिमी र म, हाम्रो साथ अनि माया नभए ।
हाम्रो मायाको चिनो, कसरी साटुँला र ।।

हामी जन्मेको रित्तै अनि मर्ने नि रित्तै हो ।
हामी साथै नभए जुनि, कसरी काटुँला र ।।

 

Loading...