दिपक कार्कीको कबिता – हो म यस्तै छु


दिपक कार्की

दिपक कार्की

काठमाडौँ, नेपाल

तिम्रो साथै हिड्ने रहर
तिमीजस्तै बन्ने रहर
म तिमी जस्तै महत्वाकाङ्छी छु
म गलत हो कि मेरो सोचाइ
म फगत हो कि मेरो भोगाइ
हो म यस्तै छु ।

तिम्रो पछी हिड्दाखेरि
तिम्रो बाटो हिड्दाखेरि
तिमीले मलाई जोकर बनायौ
म माथी हासोको फोहोरा छोड्यौ
मलाई तीम्रो चुरोटको धुवा सारी उडायौ
म तिमी जस्तै मतलबी छु
हो म यस्तै छु।

भन्थ्यौ स्याल स्यालतिर
अनी बाघ, बाघ तिर सुहाउछ्
होईन कुनै पनि नजरले
तिमी भन्दा म कम छैन
म तिमी जस्तै घमन्डी छु
म तिमी जस्तै सन्की छु
हो म यस्तै छु ।

मेरो जितको खुशीमा तिमीले हार मनायौ
मलाई कमजोर अनि असहाय बनायौ
के थाहा तिमीलाई यि सब कुरा
तिम्रो प्रत्यक प्रहारले म जो
दुख काट्ने धार भएको छु
आफ्नो साहारा आफै भएको छु ।
हो म यस्तै छु ।

आज म तिमीलाई हेर्छु
तिमी स्याल अनि म बाघ भएको छु
मेरा प्रत्यक घुराइले
तिम्रो सातो उडेको छ ।
तिम्रो मगज हल्लिएको छ ।
तिमीलाई मेरो कम्पले थर्काएको छु
हो म यस्तै छु ।

पहिले चिनेनौ अनि चिन्न खोजेनौ
अब चिन बरु ढिला नगर्
म तिमी त होइन, तरपनि
तिमी भन्दा कम हुँदै होईन
हो मेरो जागर भोको सिंह भन्दा कम छैन्
तिमीले सधै स्याल सङ्ग तुलाना गरिरहेउ
म तिमी भन्दा खतरनाक छु
हो म यस्तै छु ।

 

नयाँ प्रहरको साहित्य पानाको लागि तपाइँ पनि आफ्नो साहित्य रचना पठाउन सक्नुहुन्छ। हामीलाई रचना पठाउन निक्कै सहज छ:
फेसबुक म्यासेन्जरबाट: m.me/nayaprahar
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...